६ कम्पनीले घाेषणा गरे लाभांश, कुनकाे कति ?

काठमाडाैं । लाभांशकाे सिजन सुरू भएसँगै धमाधम कम्पनीहरूले लाभांश घाेषणा गरेका छन् । यसै क्रममा आज पुस १ गते शुक्रबार एकै दिन ६ कम्पनीले लाभांश घाेषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घाेषणा गरेका हुन् ।

शुक्रबार नेपाल बैंक, प्राइम कमर्सियल बैंक, शिखर इन्स्योरेन्स, बिन्ध्यबासिनी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरले लाभांश घाेषणा गरेका हुन् ।

१)  मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड

 मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंककाे मंसिर २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीकाे करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

२) नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे । बैंककाे आज पुस १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

३) शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट  हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद गरि कुल १६.८४२१ प्रतिशत लाभांश

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

४) श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तलापूँजीको २.४० प्रतिशत बोनस र ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

५) बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेड

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

मंसिर २९ गते विहिबार बसेको कम्पनीको संचालक समितीको बैंठकले उक्त आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६) प्राईम कमर्सियल बैंक लिमिटेड

 प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे । बैंकको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : ०० बजे