सुनको मूल्य घट्यो, ९९ हजार नौ सयमा कारोबार 

​​​​​​​काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ९९ हजार नौ सय रुपैयाँ कायम भएको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएकोमा  आज सुन चार सय रुपैयाँले घटेर ९९ हजार ९०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९९ हजार चार सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा एक हजार ३ सय ७० रुपैयाँमा कायम भएको छ । बिहीबार बिहीबार चाँदीको मूल्य  १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो   ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ०५ बजे