मनसुन क्रमशः क्षीण हुँदै

प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

तराईमा हुसु लागेको छ भने पहाडी भू–भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदलीको आँकलन गरिएको छ । शनिवार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भू–भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ४९ बजे