काठमाडौं- क्याबिन क्रूको आन्दोलनको कारण नेपाल वायुसेवा निगमको बिहीबार बिहान ९ः१० बजेको उडान रोकिएको छ ।
निगमको आज बिहान ९ः१० बजे काठमाडौंबाट साउदीको रियादको लागि उडान तालिका थियो । तर, क्याबिन क्रूको आन्दोलनको कारण अहिलेसम्म उडान हुन सकेको छैन ।
करारमा रहेर १५ वर्ष सेवा गरेका दुई विमान परिचारिकालाई बिनाकारण हटाइएको भन्दै निगमका क्याबिन क्रूका सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । सोही कारण आज बिहान ९ः१० को काठमाडौं–साउदीको रियाद उडान हुन नसकेको हो ।
तत्काल उडान गर्नको लागि अहिले छलफल भइरहेको निगमका सहप्रवत्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “क्याबिन क्रूले गरेको आन्दोलनको कारण उडान रोकिएको हो । अहिले त्यस उडानको विषयमा छलफल भइरहेको छ ।”
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार ३ : ५५ बजे
प्रतिक्रिया