‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

घाँस काट्न गएकी महिलाको हत्या : दुई युवक पक्राउ

सिराहा ।   सिराहाको मिर्चैयामा प्रहरीले घाँस काट्न गएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार अपराह्न सिराहाको कर्जन्हा नगरपालिका– १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका– २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मीनियादेवी कापरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका– १ का २० वर्षीय नितेशकुमार रजक र वडा नम्बर २ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा बुधबार सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

मंगलबार दिउँसो गाउँनजिकैको जंगलमा घाँस काट्न घरबाट निस्किएकी कापरलाई पछ्याउँदै जंगलमा पुगेर जबर्जस्ती गर्न खोजेपछि प्रतिवाद गर्दा आरोपी दुईजनाले घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्यागरेकाे  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : ५१ बजे