देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैंकिङ कसुरको मुद्दामा फरार व्यक्ति नौ महिनापछि पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । 

बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडाँै जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : २७ बजे