पोल्यान्डमा नेपाली कन्सुलर कार्यालय स्थापना

 काठमाडौँ।पोल्यान्डको राजधानी शहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ ।  नेपाली समुदाय एवं बिदेशी कुट्नैतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा यहि डिसेम्बर ९ मा  पोल्यान्डका लागि नेपाली कन्सुलर कार्यालयको  बिधिवत सूरुवात गरिएको  हो ।

 जर्मनका  नेपाली राजदुत रामकाजी खडकाले कार्यालयको उद्दघाटन गर्दे पोल्यान्डमा रहेका नेपालीहरुको हकहितको लागि आफु र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गर्नूभयो । पोल्याण्डको समेत गैर आवसिय राजदूत खडकाले कन्सुलर  कार्यालयको  स्थापनाले  दुई देशको  मात्र नभई पोल्यान्डमा रहेका नेपालीहरुको  समस्या सम्बोधन गर्न समेत सहयोग पुग्ने बताउनुभयो  ।

 नेपाल सरकारले हालै मात्र डा. बोधराज सुबेदीलाई  पोल्यान्डको लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको  थियो  । करिब ६३ बर्ष लामो कूटनैतिक ,राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा पहिलोपटक नेपाल सरकारले अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो । लामो  समय देखि पोल्यान्डलाई कर्मथलो बनाउदै आउनुभएका डा सुबेदीको  पहलमा आफनै निवासमा कार्यालय स्थापना भएको  हो   । अवैतनिक वाणिज्यदूत डा. सुवेदी त्यहाँ रहेका नेपालीहरुको हक हितमा सकृयतापुर्वक लागेका व्यक्ति हुनुहुन्छ । 

 पेसाले  बरिष्ठ चिकित्सक समेत रहनु भएका डा सुबेदी  गैर आवासीय नेपाली संघ पोल्याण्डका प्रमूख संरक्षक र संस्थापक अध्यक्ष समेत रहनुभएको  छ  । डा. सुवेदीले पोल्यान्ड सहित युरोपमा रहेका नेपालीहरुलाई समेत आफनो सेवा दिइरहनु भएको छ ।

अवैतनिक वाणिज्यदूत डा.सुबेदीले बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर  लागिरहेको  र  आफुलाई प्राप्त यस  जिम्मेवारीले अझ थप प्रेरणा,उर्जा र हौसला  मिलेको  बताउनुभयो  । उहाँले  भन्नुभयो — सबै पोल्याण्डबासी नेपालीको हकहित र अधिकारका निमित्त कानुनी र सांगठनिक रुपमा सक्दो सहयोग र सहकार्य गर्नेछु ।

हाल पोल्यान्डमा मात्र पाँच हजार  भन्दा बढि नेपालीहरु बसोवास  गरिहेका छन  ।  

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १२ : ३९ बजे