आज काठमाडौं महानगरका सम्पूर्ण कामकाज ठप्प रहने

​​​​​​​काठमाडौं – काठमाडौं महानगरपालिकाले आज  सेवा प्रवाह नगर्ने भएको छ।

काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो।

आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ। 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : ०२ बजे