सिञ्जाका सडक पुनर्निर्माणका लागि बजेट विनियोजन

जुम्ला । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माणकालागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ । 

नेपाल अर्थ मन्त्रालयबाट बजेट विनियोजित भएपछि सहरी विकास इकाइ कार्यालय सुर्खेतले आज खुला प्रतिस्पर्धामार्फत् बोलपत्र प्रकाशित गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । 

 “सडक पुनर्निर्माणका काम हिमा गाउँपालिकाको–१ आचार्यलिहीको जिरो प्वाइन्टदेखि धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्नेछ”, उहाँले भन्नुभयो । उहाँले ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले भत्किएका सडक पुनर्निर्माणको काम छिट्टै सुरु हुनेमा विश्वास व्यक्त गर्नुभयो र  विकासको कामलाई तीव्रता दिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरिसकेको छ । अब कार्यविधि बनाएर सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।-

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : २८ बजे