माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

जर्सी टापुमा विस्फोट : तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

सेन्ट हेलियर। शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको  छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै  घटना बारे जनाकारी गराएको हो । 

स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।
राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूले घटनास्थलमा  पुगेर उद्धार कार्य अगाडि  बढाएको जानकारी दिए ।  उक्त तीन तले भवन "पूर्ण रूपमा भत्किएको" र वरपरको दृष्य  हृदयविदारक देखिएको थियो । बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ४७ बजे