मनसुन क्रमशः क्षीण हुँदै

माओवादीको आधार इलाका रोल्पाबाट एमालेका दुई महिला समानुपातिक सांसद 

रोल्पा । नेकपा मारावादी केन्द्रको आधार इलाकाको रूपमा रहेको रोल्पामा नेकपा एमालेले दुई जना महिलालाई सांसद बनाएको छ ।

शनिवार बसेको सचिवालय बैठकले रोल्पाबाट प्रतिनिधिसभाको समानुपातिकमा ईश्वरी घर्ती मगर र लुम्बिनी प्रदेशसभा सदस्यमा  यमुना रोक्का तामाङलाई छनौट गरेको हो ।

घर्ती मगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँ आदिवासी जनजाति महिलातर्फबाट छनोट हुनुभएको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट हुनुभएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : १२ बजे