साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्वास्थ्य मापदण्ड नअपनाए जेठ–असारमा कोरोना उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठ–असार महिनामा कोरोना संक्रमण पुनः वृद्धि हुने मन्त्री त्रिपाठीको भनाइ छ।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुुमा पुग्न सक्ने देखिन्छ’, प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री त्रिपाठीले भन्नुभयो।

उहाँले भारतमा संक्रमणको बढ्दो वृद्धिदरले सरकारलाई थप सचेत र सतर्क बनाएको बताउनुभयो । कोरोना संक्रमण नियन्त्रण गर्न संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ६ : ५० बजे