माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु

दोहा । कतारमा विश्वकपको समाचार कभर  गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।

४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।

यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ । 
 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : १२ बजे