खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिकतर्फका सांसदको छनोट गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  

शुक्रवारका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित भएको भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आज ११ः०० बजे सचिवालय बैठक बस्न लागेको कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

सबभन्दा बढी मत ल्याएर समानुपातिकतर्फ पहिलो पार्टी भएको एमालेले आज ३४ जना नेतालाई सांसदको नाम छनोट गर्दैछ । 

निर्वाचन आयोगले बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

 

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ०५ बजे