सुनको मूल्यमा नयाँ कीर्तिमान

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो

​​​​​​​बेदकोट । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । 

केही महिना अघिसम्म तीव्र रूपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । 

एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिनुभयो । 

“पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उहाँले भन्नुभयो । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले समुदाय स्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उहाँले बताउनुभयो । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । 

उहाँले भन्नुभयो, “दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।” महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गुका बिरामी फेला परेका थिए । रासस

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ४६ बजे