आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपति भण्डारीद्वारा हस्तकला व्यापार मेला तथा प्रतियोगिताको उद्घाटन

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेकाे भनाइ

​​​​​​​काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तकला व्यापार मेला तथा प्रतियोगिताको उद्वघाटन गर्नुभएको छ ।

शुक्रबार राजधानीमा नेपाल हस्तकला महसङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्वघाटन गर्नु भएको हो । हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो  ।

​​​​​​​उहाँले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो   ।

उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभयो  ।

निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै उहाँले  नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएको बताउनुभयोे   । 

हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्‍याउन र बजार बिस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेकोमा राष्ट्रपति भण्डारीको जोड थियो । 

मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् । विदेशी प्रदर्शनीकर्तामा पकिस्तानबाट व्यापारीहरूको लगभग ३ वटा स्टल रहने छन् । मेलामा रहने स्टलहरूमध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।  

​​​​​​​

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : १६ बजे