आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिँदै नेपाल बार

काठमाडौँ । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

सङ्घीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र दिनुभएसँगै उहाँ सर्वोच्च जान खोजिरहनुभएको छ । उहाँले बुधवार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गर्नुभएको थियो । तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताउनुभयो । 

त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उहाँले बताउनुभयो । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताउनुभयो । 

महाभियोग निष्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ०२ बजे