आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु 

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । 

डडेलधुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । 

चालक मात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ५२ बजे