खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिकतर्फका सांसदको छनोट गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । समानुपातिक सांसदबारे निर्णय गर्न आज नेकपा एमाले सचिवालय बैठक बस्ने भएको छ । 

पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ३७ बजे