माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

पेरुमा पहिलो महिला राष्ट्रपतिमा डिना बोलुआर्टे चयन

लिमा । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिनुभएकाे छ । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिनुभएकाे हाे । संसद भंग गर्ने प्रयास गरनुभएकाे केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो । 

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताउनुभएकाे थियाे । तर, सांसदहरूले यसलाई बेवास्ता गरेर आपतकालीन बैठक बोलाएर उहाँलाई महाभियोग लगाए । उहाँलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ ।

६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताउनुभयाे, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।

सपथ ग्रहण गरेपछि बोल्दै उहाँले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गर्नुभयाे । ‘मैले के अनुरोध गर्छु भने अहिले  देश बचाउने समय हो’, उहाँले भन्नुभयाे ।

बुधवार  नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गर्नुभयाे । कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गर्नुभएकाे थियाे । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ०६ बजे