खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिक सांसदको निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक 

काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद बारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ । 

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरूलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । 

एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

बैठक शुक्रवार दिउँसो १ः०ः बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्द सूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधवार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ११ : ५७ बजे