खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । 

लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यस पटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लड्नुभएको थियो तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवै जना पराजित हुनभयो । 

नेता झालाई एमालेकी जुली महतोले पराजित गर्नुभएको हो भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गर्नुभयो । 

धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उहाँलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिनुभयो । 

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उहाँले बताउनुभयो । 

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : ५६ बजे