सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी विश्वकप लिग–२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै छ । 

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। 

यसअघि,  भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृङ्खलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागिता छ । 

सात टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २३ खेलमा १८ अङ्क सहित छैटौँ स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अङ्कका साथ पहिलो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ४३ बजे