आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरकारले नेपालमा क्लिनिकल ट्रायल गर्न दिने

काठमाडौं – सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो । 

क्लिनिकल ट्रायल कसरी गरिन्छ ?

स्वास्थ्य अनुसन्धान परिषदका अनुसार नेपालमा क्लिनिकल ट्रायल गर्नका लागि स्वास्थ्य अनुसन्धान परिषद, औषधि व्यवस्था विभाग र सम्बन्धित अस्पतालसँग स्वीकृति लिइन्छ। परीक्षण गर्नुअघि परीक्षणमा सहभागी मानिसहरुलाई जानकारी गराएर स्वीकृत लिइन्छ ।

परीक्षणको आफ्नै निर्देशिका छ । पहिले परीक्षणमा सहभागीहरुको बिमा गरिन्छ। परीक्षणको क्रममा केही खतरा देखियो भने उपचार तथा क्षतिपूर्तिको व्यवस्था निर्देशिकामै छ । परीक्षणमा सहभागीहरुलाई केही असर देखिएमा अनुसन्धान टिमले जिन्दगीभर भरणपोषण गर्नुपर्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १० बजे