आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कार्यपालिकासँग साँठगाँठ गरेको भन्दै इन्टरनेशनल बार एशोशिएसनले सोध्यो नेपाल बारसँग स्पष्टीकरण

काठमाडौं । नेपाल बार एशोशिएसनलाई इन्टरनेशनल बार एशोशिएसनले स्पष्टीकरण सोधेको छ 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बाटो छेक्ने हर्कत भएपछी विश्वभरका वकिलहरूको छाता संगठन इन्टरनेशल बार एशोशिएसनले स्पष्टीकरण सोधेको हो ।

अन्तर्राष्ट्रिय बार एशोशिएसनले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई कार्यपालिकासँग साँठगाँठ गरेर स्वतन्त्र न्यायपालिकाविरुद्ध आन्दोलन गरेको भन्दै स्पष्टीकरण सोधेको खुलासा भएको छ । घिमिरेले स्पष्टीकरण सोधिएको समेत स्वीकार गरेका छन् ।

नेपाल बार एशोशिएसनले सत्तागठबन्धनको हिस्सेदारका रूपमा क्रियाशील रहेको कार्यपालिकासँग साँठगाँठ गरेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरविरुद्ध महाअभियोग लगाएर न्यायपालिकामा आन्दोलन गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय बारले नेपाल बारसँग स्पष्टीकरण मागेको थियो ।

गत अक्टोबर ३०मा अमेरिकाको मियामीमा भएको अन्तर्राष्ट्रिय बारको सम्मेलनमा सहभागी हुन गएका अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अन्जिता खनालसहितको टोलीसँग स्पष्टीकरण मागिएपछि घिमिरेले ४५ मिनेटसम्म यसबारेमा स्पष्टीकरण दिनुपरेको थियो ।

अध्यक्ष घिमिरेले इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोसहितको टोलीसँग कुरा गरेर महाअभियोग प्रकरणबारे प्रष्ट पारेको उनले बताए ।

यदि प्रधान न्यायाधीशमाथि भ्रष्टाचारको कुरा थियो भने क्रिमिनल ल को विषय बन्नुपर्नेमा किन न्यायिक विषय बनायौ ? भनेर उनीहरुले घिमिरेलाई सोधेका थिए । हामीले नेपालका प्रधान न्यायाधीशमाथि क्रिमिनल केस लाग्दैन भन्ने जवाफ दियौं । उनीहरुले यदि प्रधान न्यायाधीशले मान्छे मारेमा के हुन्छ त ? भनेर प्रश्न गरे ।

बार अध्यक्ष घिमिरेले अमेरिकाबाट फर्केपछि केही वरिष्ठ अधिवक्ताहरुसँग इन्टरनेशनल बार एशोशिएसनले स्पष्टीकरण सोधेको विषय सुनाएका थिए । नेपाल बारले कार्यपालिकासँग मिलेर न्यायपालिकाविरुद्ध गरेको आन्दोलनले अन्तर्राष्ट्रिय प्रतिष्ठा कमजोर बनेको उनैले स्वीकार गरेलगत्तै फेरि उनकै नेतृत्वमा बुधवार सर्बोच्चको गेटमा तामासा देखाइएको छ ।

वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथि लागेको महाअभियोग निष्क्रिय भएको पत्र पठाउँदासमेत बारले जबर्जस्ती गरेकोमा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : १३ बजे