‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ

काठमाडौं ।​​​​​​​ चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

कालिका नगरपालिका ११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् । घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : ३५ बजे