आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानन्यायाधीश सर्वोच्च जाँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ ।

महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उहाँले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताउनुभयो ।

 उहाँले भन्नुभयो, “यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु ।” प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।

सङ्घीय संसद् सचिवालयले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पठाएको छ । सर्वोच्च अदालतले पनि उक्त पत्र कार्यान्वयन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : ४५ बजे