आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चोलेन्द्रले पाए महाभियोग निष्क्रिय भएको पत्र

​​​​​​​काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।

संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै आजैबाट आफू अदालतमा हाजिर हुने उनले जानकारी दिएका छन्  ।

चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : ३१ बजे