खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताको स्वर हराउन थाल्यो : गोकुल बाँस्कोटा

​​​​​​​काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताको स्वर हराउन थालेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा बाम एकताका स्वर पनि हराउन थालेको बताउनुभएको हो ।

उहाँले नेपालका वामपन्थीहरूकै जनमतको कारणले काँग्रेस ठुलो पार्टी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “कहीँ जनमत र केही हर्कतबाट काँग्रेस ठुलो भइसक्यो ।” 

पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपाललाई लक्षित गर्दै उहाँले भन्नुभयो, “अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने प्रवृत्ति काम छैन।”  

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा बाम एकताका स्वर पनि हराउन थाल्या छन्।कहीँ जनमत र केही हर्कतबाट काँग्रेस ठुलो भइसक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने प्रवृत्ति काम छैन।”

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ५० बजे