सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा 

काठमाडौँ  । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

कतारको लुसइल रङ्गशालामा आज भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । 

स्वीट्जरल्याण्डका लागि ५८औँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : १५ बजे