‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दिपक मनाङ्गे नेकपा एस प्रवेश

​​​​​​​मनाङ । मनाङबाट गण्डकी प्रदेशको सांसदमा निर्विरोध निर्वाचित राजु गुरुङ उर्फ दिपक मनाङ्गे  नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मनाङ्गेले आफूलाई निर्विरोध निर्वाचित गराउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफु स्वतन्त्रै हुन चाहे पनि परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा पुगेको र त्यसैको लागि नेकपा एसमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : २४ बजे