आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भारतीय पक्षले बन्द गरेको महाकाली नदीको पुल दुई घण्टापछि खुलाइयाे

दार्चुला । भारतीय पक्षले दार्चुलामा आज (सोमबार) विहानबाट बन्द गरेको महाकाली नदीको पुल दुई घण्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो ।

हिजो नेपाली नागरिकले सीमा पुल बन्द गरेका थिए । आज फेरि विहान भारतीय पक्षले पुल बन्द गराएका थिए । नियमित रूपमा बिहान ७ बजे सञ्चालन हुने सीमा पुल नेपाल क्षेत्रबाट समयमै ताल्चा खोलिएको थियो ।

भारतीय क्षेत्रमा भने आज बिहान ९ बजेपछि मात्र पुल खोलिएको पुलघाटमा खटिएका नेपाली सुरक्षाकर्मीले बताएका छन् । ९ बजेपछि भने सीमा पुलमा दुवै देशका नागरिक सहज रूपमा आवतजावत गरिरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : १९ बजे