खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बालकृष्ण शिवाकोटीले हारेसँगै एमाले दोलखा सचिव थोकरद्वारा पदबाट राजीनामा

दोलखा  । प्रतिनिधिसभा निर्वाचनमा दोलखामा एमालेको उम्मेदवार बालकृष्ण शिवाकोटी ३१८ मतान्तरमा पराजित भएपछि एमाले जिल्ला कमिटीका सचिव हिरा थोकरले पार्टीको जिम्मेवारीबाट राजीनामाको घोषणा गर्नुभएको छ । 

आज बिहान परिणाम सार्वजनिक भए लगत्तै मेलुङ गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका थोकेर पार्टीको हारमा नैतिक जिम्मेवारी लिँदै सचिव पदबाट राजीनामाको घोषणा गर्नुभएको हो  ।

“प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजीनामा घोषणा गर्दछु।”,उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ ।

आज बिहान सार्वजनिक मत परिणाम अनुसार दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गङ्गा कार्की विजयी हुनुभएको थियो  । कार्कीले ३६ हजार ७९९ मत ल्याइ विजयी हुँदा एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याइ पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : ५४ बजे