खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

पार्टी मुख्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । 

शनिवारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आबद्ध काँग्रेसले असन्तुष्टि जनाएको छ । 

सोही क्रममा आइतबार बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने बताइएको छ ।  

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकाङ्क्षा राखेको छ । 

 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ११ : ०७ बजे