खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बाजुराबाट प्रतिनिधिसभामा काँग्रेसका पाण्डे निर्वाचित

बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । 

काँग्रेसका सह महामन्त्री पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  

पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गर्नुभएको हो ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचन जित्नुभएको हो । उहाँ विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७  मत खसेको थियो । 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : ३० बजे