‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका नेता तथा काभ्रेबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गोकुल बास्कोटाको घर अगाडि फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय बनाइएको छ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शङ्कास्पद वस्तु फेला परेको थियो।

घरअगाडि प्लास्टिकभित्र रहेको शङ्कास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो ।

आज बिहान बास्कोटाको घरमा शङ्कास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो भने घरको कम्पाउण्डमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीले घर वरपरको स्थानलाई सिल गरेको थियो । 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : १३ बजे