‘एउटै नाउरको सिकार गर्न २३ लाख’

महानगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न उपमेयर डङ्गोलको निर्देशन 

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले महानगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न निर्देशन दिनुभएको छ ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डङ्गोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताउनुभएको हो ।

“आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ” उहाँले भन्नुभयो, “पुलका बार घटाउनुपर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।”

महानगरपालिकाका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २७ बजे