खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बाजुरा प्रदेशसभा (२) बाट काँग्रेसका शाही निर्वाचित

बाजुरा । बाजुरा प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गर्नुभएको हो ।

सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।

कार्यालयले शनिवार बेलुकी प्रदेशसभा–१ को मत परिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसक्नुभएको छ । 

प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ०३ बजे