‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले नेता गोकुल बास्कोटाको घरमा शङ्कास्पद वस्तु फेला

​​​​​​​काठमाडौँ । नेकपा एमालेका नेता तथा काभ्रेबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शङ्कास्पद वस्तु राखिएको फेला परेको छ ।

नेता बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा शङ्कास्पद वस्तु फेला परेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिनुभयो ।​​​​​​​

उक्त शङ्कास्पद बस्तु भेटिएको स्थानमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको र उक्त शङ्कास्पद बस्तु बम हो की होइन त्यसपछि मात्रा थाहा हुने स्वकीय सचिव ढकालले बताउनुभयो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसर कुकरमा शङ्कास्पद बस्तु देखिएपछि खबर गरेको उहाँले जानकारी दिनुभयो  । 

घरको कम्पाउण्डमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीले अहिले घर वरपरको स्थानलाई सिल गरेको छ । 

नवनिर्वाचित नेता बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा हुनुहुन्छ। 

​​​​​​​

 

 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ३४ बजे