खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौँ । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको आँकलन गरिएको छ ।

सोमबार प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक/दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २३ बजे