माथिल्लो मनाङमा हिमपात

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

नान्जिङ ।  पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै  अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो  ४-५० बजे आगलागी भएको थियो । 

उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो । पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको  उपचार जारी छ ।
 जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १ : १० बजे