आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु

काठमाडौँ । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बिहीबार राति दमक नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका–१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका–४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ५९ बजे