खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता कायमै, काँग्रेस दोस्रो स्थानमा

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ८२ हजार ८५ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत मणिरामअनुसार २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरी एमाले सबैभन्दा अघि रहेको छ । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली काँग्रेस २६ लाख ४४ हजार २४१ मत प्राप्त गरी समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको छ ।  

यसैगरी ११ लाख ६१ हजार २५६ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १९ हजार ९९६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९३१ र जनमत पार्टी तीन लाख ९४ हजार ३४५ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । 

थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९४ हजार ६३ मत प्राप्त गरेको छ ।  समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : १५ बजे