आन्तरिक हवाई उडानमा अत्यधिक चाप

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दमक । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदल यात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । 

मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

​​टिपरको ठक्करबाट बालिकाको मृत्यु
​​​​​​​यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकल यात्री ऋषिदेवलाई ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ५६ बजे