आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महानगरको सुकुम्वासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउने प्रयास गरेपछि राष्ट्रिय भूमि आयोगले त्यसलाई रोक लगाउने तयारी गरेको छ । 

आयोगले आज सार्वजनिक सूचनामार्फत सबै स्थानीय तह र सबै सरकारी तथा गैह्र सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि काम गर्न भनेको हो । 

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि लगत सङ्कलन र विगतका आयोग र समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएको थियो । 

तर निर्वाचन आयोगको निर्देशनअनुसार गत भदौ ३१ गतेबाट यो काम स्थगन भएको थियो । आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपछि भूमि आयोगले आफ्नो काम अघि बढाउने उल्लेख छ । त्यतिन्जेल सुकुम्वासी बस्ती नहटाउन आयोगले सूचना जारी गरेको हो । 

सुकुम्वासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपका क्रममा महानगर सुरक्षा बल र सुकुम्वासी बस्तीका केही मानिस घाइते भएका थिए ।  

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ४५ बजे