सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी विश्वकप लिग–२ : नेपाल र नामिबिया भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नामिबिया विरुद्ध खेल्दै छ । 

वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । शृङ्खलामा नेपालसहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् । 

विश्वकप लिग–२ मा नेपाल २० खेलमा १७ अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया २७ खेलमा २७ अङ्कसहित चौथो स्थानमा छ ।  

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृङ्खलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ । 

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ३७ बजे