‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

धनगढीमा जारी निषेधाज्ञा कायमै

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । 

ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रवार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।

शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो। निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।

हसनपुर पिपल चौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २३ बजे