आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपति भण्डारीले पत्रकार महासङ्घको साधारण सभाको उद्घाटन गर्नु हुने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उद्घाटन गर्ने हुने भएको छ । 

बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने महासंघको साधारण सभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्नु हुने जानकारी दिएको हो । महासंघले साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ । बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत पुग्नुभएको छ । 

वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ५ : ४१ बजे