आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राससका अस्थायी/ज्यालादारी कर्मचारीको जागिर ६ महिनाका लागि जोगियो, यस्तो छ सर्त र सुविधा

काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)ले निकालेपछि आन्दोलनरत २२ अस्थायी/ज्यालादारी कर्मचारी/पत्रकारको जागिरले ६ महिनाका लागि निरन्तरता पाउने भएको छ । निकालिएका कर्मचारीको व्यवस्थापनको सम्बन्धमा कार्यबिधि तयार गर्न बनेको कार्यदलले ६ महिनाका लागि जिल्ला संवाददाताको रूपमा नियुक्ति दिन सकिने सहमति गरेको हो ।

सहमति अनुसार जागिरमा निरन्तरता हुन चाहने कर्मचारीले उपत्यका विशेष र जिल्ला विशेष समाचारदातामा ६/६ महिनाको नियुक्ति पाउनेछन । उनीहरूले न्यूनतम मासिक २५ समाचार लेखे वापत नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनेछन ।

सहमति अनुसार २५ भन्दा बढी समाचार लेख्ने कर्मचारीले स्ट्रिन्जर रिपोर्टरले पाउने दरमा बाँकी समाचारको पारिश्रमिक पाउनेछन । सहमति अनसार दरबन्दी रिक्त रहेमा करारमा राख्नुपर्दा तीनैमध्येबाट मूल्यांकनका आधारमा भर्ना गरिने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : ०२ बजे