खुर्काेटमा बेलिबृज जडान सुरु

उदयपुर–१ मा काँग्रेसका डा.खड्का निर्वाचित

कटारी । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका नेता डा.नारायण खड्का चौथो पटक विजयी हुनुभएको छ । 

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु कुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मत परिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यस पटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ३६ बजे